ग्रिनल्यान्ड विवाद : अमेरिकासँग व्यापार सम्झौताको अनुमोदन प्रक्रिया स्थगित
सारांश
- युरोपेली संसदले अमेरिका संगको व्यापार सम्झौता अनुमोदन प्रक्रिया स्थगित गरेको छ।
- ट्रम्पको ग्रिनल्याण्ड मोहका कारण अमेरिका र युरोपबीच व्यापार युद्धको आंशका बढेको छ।
- ईयूले अमेरिकाबाट आयात हुने वस्तुमा कर लगाउने योजना पुन सक्रिय पार्न सक्ने सम्भावना बढेको छ।
ब्रसेल्स । युरोपेली संसद्ले अमेरिकासँग जुलाईमा भएको महत्त्वपूर्ण व्यापार सम्झौताको अनुमोदन प्रक्रिया स्थगित गरेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड आफ्नो नियन्त्रणमा लिनुपर्ने माग गरेपछि उत्पन्न तनावको विरोधस्वरूप यो निर्णय लिइएको हो ।
फ्रान्सको स्ट्रासबर्गमा बुधबार भएको घोषणाको समयमा ट्रम्प स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गरिरहेका थिए । ट्रम्पको ग्रिनल्यान्ड मोहले अमेरिका र युरोपबिच फेरि व्यापार युद्धको आशङ्का बढाएको र वित्तीय बजारमा हलचल ल्याएको ईयू पक्षको भनाइ छ ।
जुलाईमा स्कटल्यान्डको टर्नबेरीमा भएको सम्झौताले अधिकांश युरोपेली वस्तुमा लाग्ने अमेरिकी कर ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेको थियो । यसको बदलामा युरोपले अमेरिकामा लगानी बढाउने र अमेरिकी निर्यात प्रवर्द्धन हुने नीतिगत सुधार गर्ने सहमति जनाएको थियो ।
तर सम्झौता औपचारिक बन्न युरोपेली संसद्को स्वीकृति आवश्यक थियो । युरोपेली संसद्को अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बेन्र्ड लाङ्गेले अमेरिकाले सहकार्यको बाटो नअपनाएसम्म र धम्कीको राजनीति अन्त्य नगरेसम्म प्रक्रिया अघि बढ्न नसक्ने बताए । आवश्यक परे ईयूले एन्टी–कोअर्सन इन्स्ट्रुमेन्टअन्तर्गत कडा प्रतिशोधात्मक कदम चाल्न सक्ने चेतावनी उनले दिएका छन् ।
यस कदमसँगै ईयूले अमेरिकाबाट आयात हुने करिब ९३ अर्ब युरो बराबरका वस्तुमा कर लगाउने योजना पुनः सक्रिय हुन सक्ने सम्भावना बढेको छ । यसको केही घण्टापछि ट्रम्पले ग्रिनल्यान्डबारे फ्रेमवर्क सम्झौता भएको दाबी गरेका थिए । तर व्यापार सम्झौताको भविष्य अझै अनिश्चित छ ।
अमेरिकाले जबसम्म टकराबको सट्टा सहयोगको बाटोमा फर्कने निर्णय गर्दैन अनि थप कदम चाल्दैन तबसम्म व्यापार योजनाहरू कार्यान्वयन गर्ने काम स्थगित रहने लाङ्गेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण