कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार
बिहीबार, ०८ माघ २०८२, ११ : ३७
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ।
- नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा बैठक सानेपामा बस्नेछ।
- बैठकले पार्टीका सम्पूर्ण गतिविधि सानेपाबाट गर्ने निर्णय गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
‘दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जान्छौँ । त्यसपछि त्यहाँ केन्द्रीय कार्यसमिति बैठक बस्छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘शुक्रबारबाट पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट हुन्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण