जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधि गर्नेहरू कारबाहीको दायरामा आउँछन् : ओली
बिहीबार, ०८ माघ २०८२, १४ : ०८
२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिस्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका हुन् ।
उनले अराजकताको आयु लामो नहुने समेत बताए । जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रक्रिया चाँहि अघि बढाउन सुझाव दिए ।
नेता पुरीले आफूले सबै प्रमाणहरू सङ्कलन गरी सकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको बताए । आगजनी र तोडफोडका क्रममा क्रममा भएका सबै सम्पत्ति लुटिएको, घरायसी सामानहरू जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण