गण्डकीमा महिलाको उम्मेदवारी कम
पाेखरा । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीनवटा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा १७ जनाको उम्मेदवारी परेकामा एक जना मात्रै महिला उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा १७ जना उम्मेदवारमा एक जना महिला र क्षेत्र नम्बर ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।
दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङजा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन ।
नवलपुर(बर्दाघाट सुस्ता पूर्व)को क्षेत्र नं १ र २ मा १८/१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ ।
गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः दुुई र एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः तीन र एक जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये एक/एक जना महिलाको उम्मेदवारी परेको छ ।
एक/एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सातजना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन ।
लमजुङमा १२ जनाको उम्मेदवारी परेमा एक जना महिला हुनुहुन्छ भने मनाङमा पाँच जनाको उम्मेदवारी परेमा एकजना महिलाको उम्मेदवारी छ ।
मुस्ताङमा आठ जनाको उम्मेदवारी परेकामा एक जना महिलाको उम्मेदवारी परेको छ । म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिला उम्मेदवार छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण