सिन्धुली–२ मा बागी उम्मेदवारी विवाद चर्कियो, प्रचण्डले नेताहरूलाई काठमाडौँ बोलाए
काठमाडौँ । सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता हरिबोल गजुरेल, महेश्वर दाहाल लगायत नेताहरूलाई काठमाडौँ बोलाएका छन् ।
जिल्ला कार्यदलभन्दा बाहिरबाट सिफारिस भएका लेखनाथ दाहाललाई उम्मेदवार बनाएकामा असन्तुष्ट देखिएका महेश्वरले माघ ६ गते बागी उम्मेदवारी दर्ता गराएका थिए ।
साविक माओवादी केन्द्रको कोशी प्रदेशका इन्चार्ज समेत रहेका गजुरेलकै प्रस्तावमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष समेत रहेका महेश्वरले बागी उम्मेदवारी दिएपछि विवाद चर्किएको छ ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय भोलि(शुक्रबार) अपराह्नसम्म तोकेको छ । तर प्रचण्डसँग असन्तुष्ट रहेका गजुरेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।
‘पछाडि हटे भिर अगाडि बढे पहरा छ । हामी अप्ठ्यारोमा छौँ । जिल्ला कार्यदलले सिफारिस नै नगरेका व्यक्तिलाई नेतृत्वले उम्मेदवार बनायो । हामीसँग सल्लाह नै नगरी बाहिरका व्यक्तिलाई टिकट दिएपछि, त्यसको प्रतिरोध गरेका हौँ’, उनले भने ।
यसै विषयमा प्रचण्डसँग सल्लाह गर्न अहिले काठमाडौँ जाने तयारीमा रहेको गजुरेलले जानकारी दिए ।‘प्रचण्डले बोलाउनुभएको छ । छलफल गर्नका लागि हामी काठमाडौँ जाँदै छौँ’, उनले भने ।
गजुरेलका अनुसार सिन्धुली–२ बाट पहिलो नम्बरमा प्रचण्ड, दोस्रोमा गजुरेल, तेस्रोमा पानीराज वम्जम, चौथोमा महेश्वर दाहाल, पाँचौँमा अनिता राई र जेनजीबाट सुमन राना सिफारिस भएका थिए । टिकट पाएका दाहाल क्षेत्र नम्बर १ बाट सिफारिस भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण