शुक्रबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने
काठमाडाैँ । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने भएकाे छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका भाेलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
यस्तै स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरुबाट निर्णय भए बमोजिम चार वटा उजुरीहरु खारेज भएका जानकारी दिए।
यदी आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रबार उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने बताए ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलीली १ मा भने एक—एक वटा उजुरी परेका थिए ।
जसमध्ये ४ वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण