कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो ५ निर्णय (सूचीसहित)
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ।
- बैठकले गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ।
- प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा प्रचार प्रसार समिति र उमेश श्रेष्ठको संयोजकत्वमा भवन पुनर्निर्माण समिति गठन गरिनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने सहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
यस्ता छन् बैठकका ५ निर्णय :
(१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नुभएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।
(२) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने ।
(३) नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ ।
(४) २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।
(५) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण