असल नियतले गरेको कामको जिम्मेवारी राज्यले लिन्छ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले असल नियतले गरिएको कामको जिम्मेवारी राज्यले लिने बताए।
- सशस्त्र प्रहरीको समस्या समाधानका लागि गृह मन्त्रालय लागिपरेको उनको भनाइ छ।
- सीमा सुरक्षालाई चुस्त बनाउन बोर्डर आउट पोस्ट विस्तार र आधुनिकीकरण गरिनेछ।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले असल नियतले गरिएको कामको जिम्मेवारी राज्यले बहन गर्ने बताएका छन् । शुक्रबार सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवस र रजत महोत्सवको अवसरमा हलचोकमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री अर्यालले भने, ‘असल नियतले गरिएको कामको जिम्मेवारी राज्यले बहन गर्नेछ ।’
सशस्त्र प्रहरीलाई परेको समस्याको समाधान खोज्न गृह मन्त्रालय लागिपरेको उनले बताए । अर्यालले भने- ‘सीमा सुरक्षा लगायत सशस्त्रले गर्ने सुरक्षाको सम्पूर्ण जिम्मेवारीमा बाधक होइन साधक बनेर कुनै पनि कुरालाई रचनात्मक साथ र सहयोग गरिरहेका छौँ ।’
सीमा सुरक्षाको लागी नयाँ बोर्डर आउट पोस्ट विस्तार र विद्यमान बीओपीको आधुनिकीकरण गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहेको उनले बताए । राष्ट्र निर्माण कुनै एक निकायको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले भने, ‘सुरक्षा निकायको शक्ति केवल हतियारमा मात्र मात्र नभएर नैतिक इमानदारिता र बौद्धिकतामा हुन्छ ।’
सीमा नाका बासिन्दासँग सम्बन्ध प्रगाढ बनाउँदै सशस्त्रले सीमा सुरक्षालाई थप चुस्त बनाउने विश्वास आफूले लिएको मन्त्री अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण