केपी ओलीको निर्वाचन परिचालन संयोजकमा दाहाल
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक र सहसंयोजक तोकिएका छन् ।
संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल तथा सहसंयोजकमा नेताद्वय दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् ।
यसै सन्दर्भमा सहसंयोजक एवम् एमालेका केन्द्रीय सदस्य कार्कीले झापाको गौरादहमा शुक्रबार आयोजित निर्वाचन क्षेत्र नम्बर ५ समन्वय कमिटीको बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जानकारी दिए ।
परिचालन कमिटी मातहत रहने गरी नौवटा उपसमिति गठन गरिएको छ । सहसंयोजक कार्कीका अनुसार कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) सम्बद्ध नेताहरूलाई समेटिएको छ ।
यसैगरी जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य, सल्लाहकार परिषद्का सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा समेटिएका छन् ।
त्यस्तै स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि, जनसङ्गठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारीसहित सदस्यहरू र क्षेत्रीय एवम् प्रदेश समन्वय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन परिचालन कमिटीमा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण