रुपन्देही च्याम्पियन्स प्रधानमन्त्री कप रुपन्देही छनौट क्रिकेट प्रतियोगिता सुरु
बुटवल। रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबार (आज)देखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ‘रुपन्देही च्याम्पियन्स प्रधानमन्त्री कप रुपन्देही छनौट क्रिकेट प्रतियोगिता’ सुरु भएको छ।
प्रतियोगिताको प्रमुख अतिथि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शेरबहादुर क्षेत्रीले प्रतियोगिताको उद्घाटन गर्दै विकासका लागि रुपन्देही क्रिकेट संघले गरेको प्रयास सराहनीय रहेको बताए।
त्यस्तै विशिष्ट अतिथि नेपाल अम्पायर्स एसोसिएसनका अध्यक्ष समीर खानले क्रिकेट खेलको माध्यमबाट पर्यटन क्षेत्रको पनि विकास हुने बताए।
माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहने संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए। अध्यक्ष थापाका अनुसार रुपन्देही जिल्लाका उत्कृष्ट खेलाडीहरूलाई चारवटा टोलीमा विभाजन गरी राउन्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ। उक्त टोलीहरू रुपन्देही रातो, रुपन्देही निलो, रुपन्देही हरियो र रुपन्देही पहेलो रहेका छन्।
प्रतियोगिताबाट उत्कृष्ट १४ जना खेलाडी छनौट गरी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताका लागि टोली तयार गरिनेछ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताका संयोजक विजय सिंह ज्ञवालीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण