बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बोर्डर २’ को बम्पर ओपनिङ : ट्रोल गर्नेहरूलाई करण जोहरको कडा जवाफ

शनिबार, १० माघ २०८२, ११ : ५२
शनिबार, १० माघ २०८२

सारांश

  • सनी देओलको फिल्म बोर्डर २ शुक्रबारदेखि प्रदर्शनमा आएको छ, जसले दर्शकको मन जितिरहेको छ।
  • फिल्मले पहिलो दिनमै भारतीय बक्स अफिसमा करिब ३० करोडको ओपनिङ गरेको अनुमान छ।
  • वरुण धवनलाई ट्रोल गर्नेहरूलाई जवाफ दिँदै करण जोहरले फिल्म ब्लकबस्टर हुने बताए।

मुम्बई । सनी देओलको बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। देशभक्ति र एक्सनले भरिएको यस फिल्मले दर्शकको मन जित्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

प्रारम्भिक अनुमान अनुसार फिल्मले पहिलो दिनमै भारतीय बक्स अफिसमा करिब ३० करोड रुपैयाँको सानदार ओपनिङ गरेको छ। वरुण धवन, दिलजीत दोसान्झ र अहान शेट्टीको समेत मुख्य भूमिका रहेको यस फिल्मले सिनेमा घरहरूमा दर्शकको ठुलो भिड तान्न सफल भएको हो।

फिल्म हेरेपछि निर्माता तथा निर्देशक करण जोहरले यसको खुलेर प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा फिल्मको पोस्ट सेयर गर्दै करणले बोर्डर २ का कतिपय दृश्यले आफूलाई रुवाएको र यो फिल्म पक्कै पनि ब्लकबस्टर हुने बताएका छन्। 

उनले विशेषगरी अभिनेता वरुण धवनलाई ट्रोल गर्नेहरूलाई कडा जवाफ दिएका छन् । वरुणका गुरु समेत रहेका करणले लेखेका छन्, ‘तपाईँ कुनै कलाकारको हाँसोको मजाक उडाउन सक्नुहुन्छ, तर जब फिल्म हाउस फुल चल्छ र दर्शकको वास्तविक माया मिल्छ, तब कलाकारको कामले नै सबैको मुख बन्द गरिदिन्छ। सामाजिक सञ्जालको होहल्ला र क्लिकबेट खोज्नेहरूले जेसुकै भनुन्, सत्यको सधैँ जित हुन्छ।’

यसअघि वरुण धवनले पनि आफूलाई भइरहेको ट्रोलिङप्रति प्रतिक्रिया दिँदै आफ्नो कामले नै जवाफ दिने बताएका थिए। ट्रेलर सार्वजनिक भएदेखि नै वरुणको अभिनयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो । 

यसबारे वरुणले भनेका थिए, ‘म होहल्लामा विश्वास गर्दिनँ, मेरो काम बोलुन् भन्ने चाहन्छु। मलाई फिल्ममा पूरा भरोसा छ र मानिसहरू हलमा मनोरञ्जनका लागि जान्छन् भन्ने मलाई थाहा छ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप