राष्ट्रिय लिगमा मच्छिन्द्रको तेस्रो जित
काठमाडाैँ । मच्छिन्द्र क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई हराउँदै जारी राष्ट्रिय लिगमा लगातार तेस्रो जितसँगै शीर्षता होडमा आफूलाई उभाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडमाथि २–० को जित निकालेको हो ।
यससँगै जारी लिगमा लालीगुराँससँगै मच्छिन्द्रले पनि तेस्रो जित आत्मसात गर्यो । मच्छिन्द्रका लागि सौरभ लिम्बू र जोनाथन कान्टिलानाले समान एक गोल गरे । प्लानिङ ब्वाइजको तीन खेलमा पहिलो हार हो ।
यसअघि प्लानिङ ब्वाइजले एक जित र एक बराबरी आत्मसात गरेको थियो । प्लानिङ ब्वाइजले पनि शुरुवातमा राम्रो चुनौती दियो । तर, गोल गर्न भने सकेन । मच्छिन्द्रले दुवै हाफमा समान एक गोल गर्दै प्लानिङ ब्वाइजको काउन्टर रणनीति पनि असफल बनायो ।
प्लानिङ ब्वाइजले खेलको दशौं मिनेटमा पहिलो अवसर बुन्यो । तर, श्यामु मुर्मुले करिब १२ यार्डबाट हानेको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो । २९औं मिनेटमा प्रतापसिंह राईले लामो दूरीबाट गरेको सट पनि पोस्टको दिशामा रहन सकेन ।
मच्छिन्द्रले ४१औं मिनेटमा सौरभ लिम्बूको गोलबाट अग्रता लियो । फ्रान्क इसाकले पेनाल्टी बक्सबाट दिएको बललाई जोनाथन कान्टिलानाले फिनिस गर्न चुके । तर, त्यो बल प्लानिङ ब्वाइजको डिफेन्डरको खुट्टामा ठोकिएर अनमार्क सौरभको खुट्टामा पुग्यो । प्लानिङको गोलकिपर योगेश धिमाल बिट भएको अवस्थामा सौरभले खाली पोस्ट गोल गरेका हुन् । पहिलो हाफमा थप गोल हुन सकेन र मच्छिन्द्र १–० ले अगाडि रह्यो । मच्छिन्द्रले ५०औं मिनेटमा अग्रता दोब्बर बनाउने प्रयास गर्यो ।
फ्रान्कको क्रसमा जोनाथानको हेडरलाई प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालले उत्कृष्ट बचाउ गरेका थिए । ६३औं मिनेटमा प्लानिङले अवसर सिर्जना गरे पनि सफलता पाउन सकेन । मच्छिन्द्रले ७४औं मिनेटमा अग्रता दोब्बर बनाउन सफल भयो । प्रदीप बुढाथोकीको पासमा जोनाथनले करिब १५ यार्डबाट गोल गरेका हुन् ।
८६औं मिनेटमा प्लानिङ ब्वाइजको खेलाडीले अविनाश स्याङ्तानलाई पेनाल्टी बक्समा लडाएपछि मच्छिन्द्रले पेनाल्टी पायो । तर, जोनाथनले पहिलो बार च्याप्दै गरेको पेनाल्टी प्रहारलाई प्लानिङ ब्वाइजका गोलकिपर योगेशले उत्कृष्ट बचाउ गरे । इन्जुरी समयमा मच्छिन्द्रका फ्रान्क इसाकको प्रहार योगेशको हातमा लागेर पोलमा ठोकिएर फर्कन पुग्यो । त्यसपछि थप गोल हुन सकेन र मच्छिन्द्रले प्लानिङ ब्वाइजमाथि २–० को जित निकाल्यो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण