गणतन्त्रकै कारण युवाहरुमा असन्तोषः नेता लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले अहिलेको व्यवस्थाकै कारण नेपाली युवाहरुको मनमा आक्रोश पैदा भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको जेन–जी आन्दोलन वर्तमान शासन व्यवस्थाका कारण नै भएको बताए ।
गणतन्त्रले रोजगारी, आर्थिक विकास कति भयो भन्दै प्रश्न गरे । गणतन्त्र र संघीयताका कारण नेपालको साधारण खर्च चलाउन पनि नसक्ने स्थिति सिर्जना भएको बताए। उनले देशमा संवैधानिक राजसंस्था आवश्यक छ भन्ने एउटै पार्टी राप्रपा भएको बताए । उनले नेपालको पहिचान भनेकै वैदिक सत्य सनातन हिन्दु राष्ट्र रहेको र त्यसको मुद्दा राप्रपाले मात्रै बोकेर हिँडेको बताए ।
यसबारेमा नागरिकहरुलाई स्पष्टताका साथ भन्नसक्नुपर्ने बताए । उनले नेपालको पहिचान सनतान धर्म रहेको बताए । उनले राष्ट्रको पहिचान कायम गर्न राप्रपालाई विजयी गराउनुको विकल्प नभएको बताए । देश खोक्रो भइसकेको र अबको विकल्पमा राप्रपा नै उदयीमान शक्ति भएको बताए।—न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण