मधेस प्रदेशमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्थासमेत चुस्त पारिएको जनाएको छ ।
निर्वाचन अधिकृत सुभाषबाबु पुरीले आइतबार बिहान ९ देखि ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरिएको जानकारी दिएका हुन् । मधेसमा राष्ट्रिय सभाका लागि रिक्त रहेका चार स्थानका लागि आइतबार निर्वाचन हुँदैछ ।
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा रहेको मतदान स्थलमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षका लागि छुट्टा–छुट्टै मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत पुरीले बताए ।
उनका अनुसार अन्य, महिला, दलित र अल्पसङ्ख्यक/अपाङ्गता भएका समूहतर्फ गरी चार सिटमा निर्वाचन हुन लागेकामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ । जसपा नेपालले तीन, नेपाली कांग्रेसले दुई, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक÷एक सिटमा उम्मेदवारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण