बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुनको मूल्य तोलामा ३ लाख ४ हजार नजिक

आइतबार, ११ माघ २०८२, १० : ५०
आइतबार, ११ माघ २०८२

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुन तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो । 

यसअघि शुक्रबार छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ कायम भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप