रुकुम पश्चिममा कति छ जनार्दनले पाउने एमालेको मत ?
सारांश
- नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल भएको छ, जसले रुकुम पश्चिमको प्रतिस्पर्धालाई रोचक बनाएको छ।
- जनार्दन शर्माले अघिल्लो निर्वाचनमा भारी मतका साथ जित्नुभएको थियो र अहिले उहाँ प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्दै हुनुहुन्छ।
- एमालेले अघिल्लो निर्वाचनमा १२ हजारभन्दा बढी मत पाएको थियो र यसपटक शर्मालाई समर्थन गर्ने सहमति जनाएको छ।
काठमाडौँ । नेकपा एमालेले रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई साथ दिने सहमति भएसँगै त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने भएको छ ।
अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा शर्मा भारी मतका साथ तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । तर, निर्वाचन अघि माओवादी विभाजन भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाएका थिए । अहिले सोही प्रलोपाबाट शर्मा चुनावी मैदानमा होमिँदा एमालेसँग तालमेलको सहमति भएको हो ।
अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बनेका थिए । उनले १२ हजार ९६९ मत प्राप्त गरेका थिए । जबकि शर्माले ३९ हजार ५४९ मत पाएका थिए ।
समानुपातिककै मत हेर्दा पनि अघिल्लो निर्वाचनमा एमालेको रुकुम पश्चिममा ८ हजार भन्दा बढी मत देखिन्छ । एमालेले रुकुम पश्चिमबाट २०७९ को निर्वाचनमा ८ हजार ७६९ मत पाएका थियो । यस्तै कांग्रेसले ८ हजार ७६६ मत पाएका थियो ।
त्यसबाहेक रास्वपाको पक्षमा २ हजार मत पनि नआउँदा अन्य दलले खासै मत पाएका थिएनन् । फागुन २१ को निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवार रहेका छन् ।
अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदा यो पटक कांग्रेसको पनि उम्मेदवार रहेका छन् । कांग्रेसका राजु केसीको उम्मेदवारी परेको हो । यस्तै एमालेबाट उम्मेदवार रहेका नन्दराम देवकोटाले अब शर्मालाई नै समर्थन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण