सुनको भाउले रच्यो इतिहास : प्रतिऔंस ५ हजार डलर कट्यो
सारांश
- अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ, प्रतिऔंस सुनको मूल्य ५ हजार डलर नाघ्यो।
- अमेरिका र नेटोबीचको तनाव, ट्रम्पको व्यापार नीति, र वित्तीय अस्थिरताले लगानीकर्ताहरूलाई सुनतर्फ आकर्षित गर्यो।
- मुद्रास्फीति, डलरको कमजोर अवस्था, र युद्धका कारण सुनको मूल्य बढेको छ, चाँदीले पनि नयाँ रेकर्ड बनायो।
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ । प्रतिऔंस सुनको मूल्य पहिलो पटक ५ हजार डलर (३,६५९ पाउन्ड) नाघेको छ । सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको हो ।
ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बिच बढेको तनावले विश्वमा वित्तीय र भू–राजनीतिक अनिश्चय थपेको छ । यही अनिश्चयका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले पनि बजारलाई थप सशङ्कित बनाएको छ । शनिबार मात्रै राष्ट्रपति ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका थिए ।
वित्तीय तथा राजनीतिक अस्थिरताको समयमा सुन तथा अन्य बहुमूल्य धातुलाई ‘सुरक्षित लगानी’ का रूपमा लिने गरिन्छ । सोही कारण लगानीकर्ताहरू डलर वा सेयर बजारभन्दा सुनमा लगानी सुरक्षित ठानिरहेका छन् । सुनको माग बढ्नुमा अन्य कारणहरू पनि जिम्मेवार छन् ।
अस्वाभाविक रूपमा बढेको मुद्रास्फीति, कमजोर बन्दै गएको अमेरिकी डलर र विश्वभरका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनुले मूल्य अकासिएको हो । साथै, अमेरिकी फेडरल रिजर्भले यो वर्ष फेरि ब्याजदर घटाउने अपेक्षाले पनि सुनको बजारलाई उकासेको छ ।
यसका अलावा युक्रेन र गाजामा जारी युद्ध तथा वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाले सिर्जना गरेको तनावले पनि सुनको मूल्य बढाउन मद्दत गरेको छ ।
सुनसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार चाँदीको मूल्य पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ । गत वर्ष चाँदीको मूल्यमा करिब १५० प्रतिशतको भारी वृद्धि देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण