अमेरिकी सुरक्षा सम्झौता हस्ताक्षरका लागि तयार भयो : जेलेन्स्की
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाबाट प्राप्त हुने सुरक्षा सम्झौता तयार भइसकेको बताए।
- उनले युरोपेली संघको सदस्यतालाई आर्थिक सुरक्षाको रूपमा व्याख्या गरे।
- युक्रेन र रुसका वार्ताकारहरूबीच अबुधाबीमा युद्ध अन्त्यबारे छलफल भयो।
किभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाबाट प्राप्त हुने सुरक्षा प्रत्याभूति सम्बन्धी सम्झौता शतप्रतिशत तयार भइसकेको बताएका छन् । उनले सम्झौतामा हस्ताक्षरको मिति तथा स्थान भने तय हुन मात्रै बाँकी रहेको बताएका छन् ।
आइतबार लिथुआनियाको राजधानी भिल्नियसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त सम्झौता अमेरिकी कंग्रेस र युक्रेनी संसदमा अनुमोदनका लागि पठाउन किभ तयार रहेको स्पष्ट पारेका छन् ।
‘हाम्रा लागि सुरक्षा प्रत्याभूति भनेको मुख्य रूपमा अमेरिकाबाट प्राप्त हुने सुरक्षा हो । दस्तावेज पूर्ण रूपमा तयार छ, अब हामी साझेदारहरूबाट हस्ताक्षरको मिति र स्थानको पुष्टि कुर्दैछौँ,’ जेलेन्स्कीले भने ।
सन् २०२७ सम्म युरोपेली सङ्घ (ईयू) को सदस्यता प्राप्त गर्ने युक्रेनको लक्ष्यलाई जोड दिँदै उनले यसलाई आर्थिक सुरक्षाको महत्त्वपूर्ण प्रत्याभूतिका रूपमा व्याख्या गरे । जेलेन्स्कीका अनुसार युक्रेनको दीर्घकालीन स्थायित्व र विकासका लागि युरोपको एकीकरण अत्यन्त आवश्यक छ ।
यसैबिच, युक्रेनी र रुसी वार्ताकारहरूबिच संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा शुक्रबार र शनिबार वार्ता भएको थियो । वार्तामा चार वर्षदेखि युक्रेनमा जारी रुस युद्ध अन्त्य गर्ने विषयमा वासिङ्टनले प्रस्ताव गरेको ढाँचामाथि छलफल गरिएको थियो ।
तत्काल कुनै सम्झौता हुन नसके पनि दुवै पक्ष थप संवादका लागि तयार रहेको खबर आएको छ । अर्को चरणको वार्ता आगामी आइतबार पुनः अबुधाबीमै हुने अपेक्षा गरिएको अमेरिकी अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण