चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्य उम्मेदवार
काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बनेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार व्यवसायीले उम्मेदवारी दिए ।
महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली क्षेत्र नं. २, पश्चिम नेपाल यातायात व्यवसायी कम्पनीका विष्णु खड्काले सुर्खेत क्षेत्र नं १, वरिष्ठ व्यवसायी भागवतप्रकाश मल्लले स्याङ्जा क्षेत्र नं. २ र कर्णाली यातायातका रमेश सापकोटाले सुर्खेत क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । जसमध्ये स्वाँर, खड्का र मल्ल नेपाली कांग्रेसबाट र सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना व्यवसायी उम्मेदवार बनेको बताए।
नीति निर्माण तहमा प्रतिनिधित्व नभएका कारण ठुलो लगानी र आर्थिक समृद्धिको बलियो आधार भए पनि यातायात क्षेत्र व्यवस्थित बनाउन हस्तक्षप हुन नसकेको उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण