सर्लाही–४ मा गगन थापा: यस्तो छ ९६ घण्टाको कार्यतालिका
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ मा चुनावी प्रचार प्रसारको लागि आइपुगेका छन्।
- उनले सोमबारदेखि चुनावी अभियान सुरु गर्दै कार्यकर्ता र समर्थकहरूसँग भेटघाट गरेका थिए।
- थापाले ९६ घण्टाको चुनावी अभियानमा मतदाताहरूसँग भेटघाट गर्ने र स्थानीय समस्याहरू सुन्ने योजना बनाएका छन्।
सर्लाही । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापा सर्लाही आइपुगेका छन् । चुनावी सरगर्मी तीव्र बन्दै गएसँगै थापा सोमबारदेखि सर्लाही–४ मा चुनावी प्रचारप्रसारमा सक्रिय भएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा आगमनसँगै थापालाई समर्थक तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए । उनले सोमबारबाटै चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन् । सभापति थापाको सचिवालयका अनुसार पहिलो दिन कांग्रेस समर्थक र कार्यकर्तासँग भेटघाटमा केन्द्रित रहेको थियो ।
सोमबार नै उनले निर्वाचन क्षेत्रअन्तर्गत बरहथवा, मानपुर र धनकौल बजार क्षेत्रमा पुगेर कार्यकर्तासँग मात्र भेटघाट गरेका थिए । यसपटक सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका थापा चुनावी प्रचारका लागि पाँच दिन सर्लाहीमा बस्ने कार्यतालिका बनाइएको छ ।

सभापति थापा सोमबारदेखि शुक्रबारसम्म सर्लाहीको बसवरिया गाउँपालिकामा बस्ने छन् । उनका स्वकीय सचिव सबिनबाबु मुडवरीका अनुसार बसवरियामै कांग्रेस समर्थकको घर भाडामा लिएर चुनावी ‘सेल्टर’ तयार गरिएको छ, जहाँ बसेर थापाले मतदातासँग भेटघाट तथा प्रचार अभियान सञ्चालन गर्नेछन् ।
९६ घण्टाको कार्यतालिका
सभापति थापा मंगलबारदेखि पालिकापालिकामा पुगेर प्रत्यक्ष रूपमा जनतासँग भेटघाट गर्नेछन् । स्वकीय सचिव मुडवरीका अनुसार मंगलबार बिहान ८ बजेदेखि बसवरिया गाउँपालिकाबाट चुनावी प्रचारप्रसार सुरु हुनेछ ।
निर्वाचन क्षेत्रका सबै वडामा पुगेर स्थानीय बासिन्दाको समस्या सुन्ने र सुझाव लिने योजना रहेको मुडवरीले बताए । पहिलो चरणको चुनावी प्रचारअन्तर्गत उनी सर्लाही–४ मा ९६ घण्टा बस्ने छन् । यस अवधिमा करिब २५ वडामा मतदातासँग भेटघाट गर्ने तालिका बनाइएको सचिवालयले जनाएको छ ।
पहिलो चरणको कार्यक्रम सकिएपछि सभापति थापा शुक्रबार काठमाडौँ फर्किने छन् । त्यसपछि एक–दुई दिनभित्र पुनः निर्वाचन क्षेत्रमा फर्किने कार्यतालिका रहेको सचिवालयले जानकारी दिएको छ। सर्लाही– ४ मा कुल ५१ वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण