बौद्धका चिनियाँ लामा भूपतिबज्र बर्खास्त
सारांश
- गुठी संस्थानले बौद्धनाथ क्षेत्रमा कार्यरत चिनियाँ लामा रिन्पोछे भूपतिबज्र लामालाई बर्खास्त गरेको छ।
- लामालाई घुस लिएको आरोप लागेपछि र विवादास्पद व्यक्तिलाई पदमा राख्न नहुने भन्दै बर्खास्त गरिएको हो।
- संस्थानले धार्मिक सम्पदाको व्यवस्थापनमा पारदर्शिता र कडा निगरानी कायम राख्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । गुठी संस्थानले बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा कार्यरत चिनियाँ लामा रिन्पोछे भूपतिबज्र लामालाई बर्खास्त गरेको छ।
मिडियामा घुस लिएको उजागर भएपछि यी आरोप पुष्टि नभए पनि विवादास्पद व्यक्तिलाई पदमा राख्नु संस्थाको मर्यादाविपरीत भन्दै माघ ९ गते संस्थानको सञ्चालक समिति बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
माघ ९ गते संस्थानका अध्यक्ष रमेशकुमार पोख्रेलको नेतृत्वमा अन्य ९ सदस्यीय सञ्चालक समितिले एकमतले यो निर्णय गरिएको संस्थानले जनाएको छ । पदमुक्ति सम्बन्धी औपचारिक पत्र आगामी दुई दिनभित्र लामासमक्ष पुग्ने बताइएको छ।
चिनियाँ लामासँग नेपाल र हङकङ दुवैको परिचयपत्र रहेको प्रमाण फेलासमेत परेको भन्दै यस्तो विवादास्पद व्यक्तिलाई पदमा राख्न नमिल्ने संस्थानले ठहर गरेको छ ।
विद्वत समितिले बौद्धस्थित दैनिक पूजा आराधनाका लागि उपयुक्त प्रतिस्थापनाको खोजी प्रक्रिया थालेको जनाएको छ । गुठीको निगरानीमा यस्ता कार्यमा कुनै अवरोध नहोस् भन्ने सुनिश्चित गरिने छ।
संस्थानले धार्मिक सम्पदाको व्यवस्थापनमा पारदर्शिता र कडा निगरानी कायम राख्ने प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण