अस्पतालबाटै किशोरीको शव हराएको विषयमा मंगलबार पनि प्रदर्शन
सारांश
- सिरहाको गोलबजारमा १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएपछि आफन्तले प्रदर्शन गरेका छन्।
- शव पोस्टमार्टमका लागि लहान अस्पतालमा राखिएको थियो, तर परिवारले शव लिन जाँदा फेला पारेनन्।
- स्थानीयले अस्पताल प्रमुख र प्रहरी प्रशासनको लापरबाहीको कारण शव हराएको आरोप लगाएका छन्।
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहका रमेश बानियाँकी छोरी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएको आक्रोशमा आफन्तले मंगलबार गोलबजारमा प्रदर्शन सुरु गरेका छन् । यसअघि पीडितका आफन्तले सोमबार साँझ पनि सडक अवरुद्ध पारेका थिए ।
पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव हराएपछि आक्रोशित स्थानीयले अस्पताल प्रमुखसहित सम्वन्धित निकायलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि लहान अस्पताल पठाएको थियो । उनका बुबा आमा रोजगारीको क्रममा भारतमा रहेकाले सोमबार आएर शव लिन अस्पताल पुग्दा फेला परेन ।
स्थानीय शिक्षक समर भण्डारीले पोस्टमार्टमसमेत नभएको शव हराउनु अस्पताल प्रशासन र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए । उनले यस्तो लापरबाही गर्ने अस्पताल प्रमुख र प्रहरीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सोमबार गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाले मंगलबार १० बजेभित्र शव उपलब्ध नगराए पुनः सडकमा उत्रने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण