टाइगर कप भलिबल : पर्वतको लगातार तेस्रो जित, माल्दिभ्सकाे चाैथाे हार
सारांश
- छैटौँ टाइगर कपमा पर्वत जिल्ला भलिबल संघले माल्दिभ्सलाई ३-० ले पराजित गर्यो।
- महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले नेपाल पुलिस क्लबलाई हराएर फाइनलमा स्थान बनायो।
- थाइल्याण्डले आर्मीलाई सोझो सेटमा पराजित गर्यो, र प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ।
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पर्वत भलिबलले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकाल्यो । यसअघि पर्वतले नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको थियो । माल्दिभ्स भलिबलले भने लगातार चौथो हार बेहोरेको छ ।
अब पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । यसअघि आजै भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोट्स क्लबले फाइनलमा स्थान पक्का गरेको थियो । आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण