रास्वपाबाट निष्कासित ढाकाकुमार श्रम संस्कृति पार्टी प्रवेश
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
- श्रेष्ठलाई पार्टी अध्यक्ष साम्पाङले मंगलबार पार्टीमा स्वागत गरेका थिए।
- श्रेष्ठ 'अडियो प्रकरण' र लागुऔषध आरोपमा विवादित बनेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बर्खास्त गरेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रेष्ठलाई पार्टी अध्यक्ष साम्पाङले मंगलबार औपचारिक रूपमा पार्टीमा भित्र्याएका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै लेखेका छन्, ‘ढाका कुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ, अब लागौँ है त !'
समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’पछि रास्वपाबाट निष्कासनमा परेका थिए । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई कारबाही गर्दै सांसद र पार्टी दुवैबाट निष्कासन गरेको थियो ।
श्रेष्ठ त्यसपछि पनि लागुऔषध बिक्री आरोपमा पनि पक्राउ परेका थिए । प्रहरीले रोल्पा घर भई पोखरा बस्ने प्रकाश थापामगरलाई लागुऔषधसहित पक्राउ गर्दा उनले उक्त औषधि पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित श्रेष्ठको फार्मेसीबाट खरिद गरेको बयान दिएपछि श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण