आज पनि बस्दै लुम्बिनी प्रदेश सभाको बैठक
सारांश
- लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले विभिन्न विधेयकहरू सभामा पेश गर्नेछन्।
- मन्त्रीहरूले विभिन्न विषयमा सैद्धान्तिक छलफल गर्ने र प्रश्नहरूको जवाफ दिनेछन्।
बुटवल। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । सातौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गर्नेछन् ।
यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने तथा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेस गर्ने कार्यसूची पनि समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण