आत्मसमीक्षासहित आए विप्लवलाई स्वागत गर्न तयार छौँ : प्रचण्ड
सारांश
- प्रचण्डले विप्लवलाई आत्मसमिक्षासहित बृहत् कम्युनिस्ट एकतामा सामेल हुन आग्रह गरे।
- उनले विप्लवको नेतृत्व वैचारिक अन्योलमा हराएको र एकताको मौका गुमाएको बताए।
- प्रचण्डले देशको असहज परिस्थितिमा एकताबद्ध हुन नसके दुर्घटना निम्तिन सक्ने बताए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित बृहत् कम्युनिस्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले कम्युनिस्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने भन्दै आत्मसमीक्षासहित बृहत् एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका हुन् ।
उनले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा हराएको तर्क गरे ।
कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट आन्दोलनका घटकहरूलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे । अझै पनि विप्लवप्रति आफूहरूको कुनै आक्रोश नभएको र आत्मसमीक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाइ छ ।
प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनामा जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए ।
त्यस्तैगरी उनले अन्य कम्युनिस्ट घटकहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे । विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल लगायतका नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण