नेकपा केन्द्रीय सदस्य कृष्णा केसी पार्टीबाट निष्कासित
सारांश
- नेकपाले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ।
- प्रचण्ड र माधव नेपालले केसीलाई पार्टी निर्णय विरूद्ध गतिविधि गरेको आरोप लगाएका छन्।
- केसीले आगामी निर्वाचनमा अन्य दलबाट उम्मेदवारी दिएपछि उनलाई निष्कासन गरिएको हो।
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एक पत्रमार्फत जानकारी गराएका हुन् ।
'आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी 'नमुना' (बाँके) ले अन्य दलको निर्वाचन चिन्हमा उम्मेद्वारी दिएकोले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको जानकारी गराइन्छ', पत्रमा भनिएको छ ।
केसी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय हुँदै आएकी थिइन् । फागुन २१ को चुनावका लागि केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण