‘सहकारीलाई थप नियमन गर्नुपर्छ’
ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने आवश्यकता औँल्याएका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवको अवसरमा प्राधिकरणले बुधबार आयोजित कार्यक्रममा उनले बैंकहरुको कार्यक्षेत्रजस्तै हुनेगरी सहकारीहरु सञ्चालन हुन थालेपछि सहकारीमा समस्या आएको हो भन्दै राजकीय हैसियतमा भएका व्यक्तिहरुले नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।
“अन्धाधुन्ध बचत सङ्कलन गर्न थालेपछि सहकारीमा समस्या आएको हो, वाणिज्य बैंकको अधिकृत पुँजीभन्दा बढी एउटा सहकारीले बचत सङ्कलन गर्दा त्यतिकै छोड्नु हुँदैनथ्यो, तत्कालीन सरकारले ध्यान दिनुपथ्र्यो, अहिले करोडौँ बचतकर्ता सडकमा आउनुपर्ने अवस्था हुँदैनथ्यो, तसर्थ राज्यको मातहतमा रहेका सबैको जिम्मेवारी राज्यले लिनुपर्छ, नेपालको अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ”, मन्त्री इङ्नामले भने ।
उनले सहकारीका बचतकर्ता मात्रै हैन ऋणीहरु पनि पीडित हुन पुगेका छन् भन्दै समस्याग्रस्त सहकारीका ऋणीले पैसा तिर्दा पनि रेकर्डमा नभेटिने अवस्था हुनु ठूलो समस्या भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण