शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

चुनाव आइसक्यो, संसद् भवनको छैन टुङ्गो (तस्बिरहरू)

पुरानो कामै नलाग्ने अवस्थामा, नयाँको निर्माण कार्य जारी
बिहीबार, १५ माघ २०८२, ०८ : ४८
बिहीबार, १५ माघ २०८२

सारांश

  • बानेश्वरको संसद् भवन जेनजी आन्दोलनको कारण खण्डहर बनेको छ, भवनमा आगलागी र तोडफोड भएको थियो।
  • निर्वाचन आउन ६ हप्ता बाँकी रहँदा नयाँ संसद् भवनको निर्माण कार्य अझै पूरा भएको छैन।
  • संसद् सचिवालयले निर्वाचनपछि बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधारसहितको भवनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड गरिएको बानेश्वरको संसद् भवन अहिले खण्डहर बनेको छ । रातो स्टिकर टाँसिएको यो भवनका भित्तामा जेनजीले लेखेका नारा अझै उस्तै छन् भने जलेका भग्नावशेषबाट अझै पनि खरानीको गन्ध आइरहेको छ । भित्र सिसा यत्रतत्र छरिएका छन् भने खरानीको थुप्रो अझै पनि देखिन्छन् ।

निकै लामो समयदेखि सिंहदरबार भित्र बनाउन थालिएको नयाँ संसदमा पनि निर्माण कार्य अझै सकिन सकेको छैन । जेनजी आन्दोलनपछि घोषणा भएको निर्वाचन आउन अब ६ हप्ताको समय बाँकी छ तर यो समयसीमामा नयाँ संसद् भवनको काम सकिने सम्भावना निकै क्षीण छ ।

samsad bhawan (2)

नयाँ संसद् भवन भित्र कामदारहरू अझै पनि फर्निचरको काम गर्न मै व्यस्त छन् भने संरचना पनि अझै पुरा हुन सकेका छैनन् ।

samsad bhawan (7)

यही कुरालाई मध्यनजर गर्दै संसद् सचिवालयले फागुन २१ गतेको निर्वाचनपछि तत्कालै बैठक सञ्चालनका लागि सभाहल, पदाधिकारी र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, सभा सञ्चालनका लागि अडिओ/भिडिओ रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृश्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरू सहितको भवनको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ । भवन तयार नभएकाले सचिवालय नयाँ भवनको खोजीमा लागेको हो ।

samsad bhawan (4)samsad bhawan (5)samsad bhawan (6)samsad bhawan (7)samsad bhawan (8)samsad bhawan (9)samsad bhawan (10)samsad bhawan (11)samsad bhawan (12)samsad bhawan (13)samsad bhawan (14)samsad bhawan (15)samsad bhawan (16)samsad bhawan (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप