बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कम्बोडिया–थाइल्यान्ड बिचकाे आरबीसी सचिवालय बैठक सीमा विवादबारे सहमति जुटाउन असफल

बिहीबार, १५ माघ २०८२, १३ : ४९
बिहीबार, १५ माघ २०८२

काठमाडाैँ । कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबिच कुनै पनि सहमति जुटाउन असफल भएको छ ।  कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले साे कुराकाे जानकारी दिएकी छन् ।  

कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच आसियान पर्यवेक्षक टोलीको अवलोकनमा भएको जनाइएको छ ।

“दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्, यद्यपि दुवै पक्ष सहमति नभए सम्म कागजात आदान प्रदान र वार्ता जारी राख्न आ–आफ्नो मुख्यालयमा फर्कन सहमत भएका छन् कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले विज्ञप्ती जारी गर्दै भनेकी छन् ।

सहमति पछि कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौँ सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच औपचारिक हस्ताक्षर समारोह हुने उनले बताएकी छन् । कम्बोडिया र थाइल्यान्डले सशस्त्र द्वन्द्वको नयाँ चरणको तीन हप्ता पछि सन् २०२५ को डिसेम्बर –२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप