शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नेपाल पुनःनिर्माण कोषमा ९ लाख सहयोग

बिहीबार, १५ माघ २०८२, १८ : ४८
बिहीबार, १५ माघ २०८२

काठमाडौँ । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनःनिर्माण कोषका लागि करिब रु ९ लाख बराबर सहयोग गरेको छ ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको बताए । 

सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकामा धन्यवाद दिइन् । उनले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सराहना पनि गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईंहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई–नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप