निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ ।
जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।
“लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ”, परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने । त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उनको भनाइ छ ।
प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए। “संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ”, उनले भने,“विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।”
प्रमुखथापाले निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना सङ्कलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण