प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
सारांश
- गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट गरे कारबाही हुने जनाएको छ।
- अपराधसम्बन्धी अभिलेख निर्देशिकाको विपरीत काम गरे कारबाही हुनेछ।
- वैदेशिक अध्ययन, रोजगारीमा जाँदा प्रमाणपत्रमा केरमेट भए असर पर्नेछ।
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो । कानुन विपरीत काम कारबाही गरे/गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकाले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारीलगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने मन्त्रालयले जनाएको छ ।
त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रियाबमोजिम मात्र काम कारबाही गर्न, गराउन र सोबमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्न सक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण