फिल्म ‘कुमारी’को मन्थन : चलचित्र, सङ्गीतमा युवा पुस्ताले के अपेक्षा राख्छन् ?
सारांश
- चलचित्र कुमारीले युवा पुस्ताको अपेक्षाबारे विद्यार्थीहरूसँग छलफल गरेको छ।
- कार्यक्रममा फिल्मकर्मी, लेखक, र सञ्चारकर्मीले युवा विद्यार्थीका जिज्ञासा मेटाएका थिए।
- युवा पुस्ताले नेपाली चलचित्र, सङ्गीत र मिडियामा मौलिकता र जीवनसँग जोडिएका विषयवस्तुको अपेक्षा राखेका छन्।
काठमाडौँ । नेपाली चलचित्र, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ? फिल्म कुमारीले युवा पुस्ताका विद्यार्थी माझ यही विषयको खोज गरेको छ । बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा विभिन्न क्याम्पसका ५ सय बढी युवा विद्यार्थीले यस विषयमा आ—आफ्नो धारणा राखे ।
कार्यक्रममा फिल्म ‘कुमारी’को टिमसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्डका सदस्यहरूले विद्यार्थीको प्रश्नको जिज्ञासा मेटाएका थिए ।
कार्यक्रममा सहभागी ३० जना युवाले नेपाली चलचित्र, सङ्गीत र मिडियासम्बन्धी आफ्ना धारणा राखेका थिए । युवाहरूले यस्ता किसिमका कार्यक्रमले आफ्ना भावना खुलेर व्यक्त गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सहभागी युवाहरूले निर्देशक दिनेश राउतका अघिल्ला फिल्महरूको प्रशंसा गर्दै जीवन बुझ्ने माध्यम फिल्म भएको बताए । ‘हामी फिल्म हलमा समय बिताउन मात्र जाँदैनौँ । फिल्मले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ’ एक विद्यार्थीले भने । सामाजिक सञ्जाललाई युवालाई प्रभाव पार्ने प्रमुख माध्यमका रूपमा उल्लेख गर्दै कतिपय समीक्षामा अतिरञ्जना हुने गरेको प्रति विद्यार्थीको चिन्ता थियो ।
‘गीतमा हिरो–हिरोइनको लुस्सभन्दा पनि भावना चाहिन्छ । सङ्गीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ’फिल्मको सङ्गीतको विषयमा उनीहरुले भने ।

कार्यक्रममा ‘कुमारी’कलाकार अबिशेक खड्काले आफू पनि पश्चिमा फिल्मबाट बढी प्रभावित रहेता पनि पछिल्लो समय नेपाली फिल्मले फड्को मारेकोमा खुसी व्यक्त गरे । उनले ‘कुमारी’ फिल्म पछिल्लो पुस्ताले चाहेको जस्तो रहेकोमा ढुक्क रहन आग्रह गरे।
सञ्चारकर्मी नरेश भट्टराईले युवालाई मिडिया तथा सामाजिक सञ्जालमा देखिने सबै कुरामा सजगतापूर्वक बुझेर मात्र विश्वास गर्न आग्रह गरे। लेखक अमर न्यौपानेले साहित्य र सिनेमाबिचको सम्बन्ध स्पष्ट पारे। उनले भने, ‘किताब कलमले लेखिएको साहित्य हो भने, सिनेमा क्यामेराले लेखिएको साहित्य हो ।’

‘कुमारी’का लेखक विकास सुवेदीले युवाको निराशा देशका लागि घातक हुने बताए । उनले चलचित्र ‘कुमारी’ले केही हदसम्म भए पनि नेपाली फिल्मप्रतिको निराशा हटाउने दाबी गरे ।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय फिल्ममा छ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता केदार भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण