टी–२० विश्वकपमा पाकिस्तानको यात्रा : एक उपाधि, दुई उपविजेतामा सीमित
सारांश
- पाकिस्तान क्रिकेट इतिहासमा ६ पटक टी२० विश्वकपको नकआउट चरणमा पुगेको छ, तर सन् २००९ मा मात्र उपाधि जित्यो।
- सन् २०२२ को फाइनलमा इङ्ल्यान्डसँग पराजित भएपछि पाकिस्तानको अर्को उपाधि जित्ने सपना अधुरै रह्यो।
- टी२० विश्वकप २०२४ मा पाकिस्तान सुपर ८ मा प्रवेश गर्न नसकी समूह चरणबाटै बाहिरियो, जुन १० वर्षयताकै खराब नतिजा हो।
पाकिस्तानले क्रिकेट इतिहासमा ६ पटक टी–२० विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तर उनीहरूले २००९ मा युनिस खानको नेतृत्वमा एकपटक मात्र यो प्रतिष्ठित उपाधि जित्न सफल भएका छन् ।
‘मेन इन ग्रीन’ सँग अर्को उपाधि जित्ने राम्रो अवसर थियो, तर सन् २०२२ को संस्करणको फाइनलमा इंग्ल्यान्डसँग पाँच विकेटले पराजित हुँदा उनीहरूको आशा अधुरै रह्यो ।

पाकिस्तानको टी–२० विश्वकप इतिहास
- टी–२० विश्वकप २००७, दक्षिण अफ्रिका
यदि भारत–पाकिस्तानको खेललाई सबैभन्दा ठुलो प्रतिस्पर्धा मानिन्छ भने, २००७ को टी–२० विश्वकपले उनीहरूको प्रतिद्वन्द्वितालाई नयाँ उचाइमा पुर्यायो । यस प्रतियोगितामा भारत र पाकिस्तानको पहिलो भेट ऐतिहासिक थियो, किनभने विजेताको निर्णय ‘बाउल–आउट’ मार्फत भएको थियो । निर्धारित २० ओभरमा दुवै टोलीले बराबर रन बनाउँदा खेलको निर्णय बल आउटबाट भएको थियो । दुर्भाग्यवश, पाकिस्तानले त्यो खेल ३–० ले गुमायो ।
यद्यपि, त्यो समूह चरणमा उनीहरूको एक मात्र हार थियो र उनीहरू फाइनलमा आर्च–राइभल भारतसँग फेरि भिड्न पुगे । मिस्बाह–उल–हकको ‘ब्याड सट सेलेक्सन’ ले पाकिस्तानको जितको सपना समाप्त गर्यो, किनभने भारतले अन्तिम ओभरमा पाँच रनले जितेर पहिलो टी–२० विश्वकपको उपाधि जित्यो । तर पनि मिस्बाह पाकिस्तानका लागि २१८ रनका साथ उत्कृष्ट ब्याट्सम्यान थिए, जबकि उमर गुलको १३ विकेट पाकिस्तानी बलरको उत्कृष्ट प्रदर्शन थियो ।
- टी–२० विश्वकप २००९, इंग्ल्यान्ड
पाकिस्तानले फाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै उपाधि जित्यो । युनिस खानको टोलीले इंग्ल्यान्डसँगको हारबाट सिजनको सुरुवात गरे पनि पाकिस्तानले आफ्नो जित यात्रा कायम राख्यो । समूह चरणमा तीन जितले पाकिस्तानलाई सेमिफाइनलमा पुर्यायो, जहाँ पाकिस्तानले दक्षिण अफ्रिकालाई सात रनले हरायो । कामरान अकमल पाकिस्तानका लागि १८८ रनका साथ शीर्ष स्कोरर थिए भने उमर गुलले फेरि १३ विकेट लिए ।

- टी–२० विश्वकप २०१०, वेस्ट इन्डिज
यो विश्वकपमा पाकिस्तान लगातार तेस्रो पटक नकआउट चरणमा पुग्यो तर यस पटक सेमिफाइनलबाट बाहिरियो । अस्ट्रेलियाले दोस्रो सेमिफाइनलमा अन्तिम ओभरको थ्रिलरमा पाकिस्तानलाई तीन विकेटले हरायो । समूह चरणमा तीन खेल हारेर दुई खेल मात्र जिते पनि साबिक विजेताले नकआउट चरणमा प्रवेश गर्न सफल भयो । सलमान बट २२३ रन (दुई अर्धशतकसहित) सँगै शीर्ष स्कोरर थिए, त्यस्तै स्पिनर सइद अजमलले ११ विकेट लिएर शीर्ष विकेट–टेकरको सूचीमा रहे ।
- टी–२० विश्वकप २०१२, श्रीलंका
पाकिस्तानको समूह चरणको खेल उत्कृष्ट थियो थियो । जहाँ पाकिस्तानले चार खेल जितेको थियो । पाकिस्तान भारतसँग मात्र पराजित भएको थियो पाकिस्तानको जितको यात्रालाई आयोजक श्रीलंकाले पहिलो सेमिफाइनलमा रोक्यो, जहाँ पाकिस्तान १६ रनले पराजित भयो । कप्तान मोहम्मद हाफिज आफैंले १६४ रनका साथ ब्याटिङ युनिटको नेतृत्व गरे, त्यस्तै सइद अजमलले नौं विकेट लिएर बलिङ आक्रमणको नेतृत्व गरे ।

- टी–२० विश्वकप २०१४, बंगलादेश
चार विश्वकपको सफल यात्रापछि पाकिस्तान २०१४ को विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुग्न सकेन । पाकिस्तानले आफ्नो खेल आर्च–राइभल भारतसँग सात विकेटको हारबाट सुरु गर्यो । पाकिस्तानले केवल दुई जित दर्ता गर्न सक्यो र समूह चरण (समूह २) मा तेस्रो स्थानमा रह्यो । अहमद शहजाद १३८ रनका साथ शीर्ष स्कोरर थिए र दायाँ हाते बलर उमर गुल ६ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडी थिए ।
- टी–२० विश्वकप २०१६, भारत
यो विश्वकपमा पाकिस्तान उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ छिमेकी देश भारतमा आएको थियो । तर पाकिस्तानले इतिहासकै सबैभन्दा खराब विश्वकप हुन पुग्यो । किनभने शाहिद अफ्रिदीको नेतृत्वमा रहेको टोलीले समूह चरणमा एउटा मात्र खेल जित्न सफल भयो । शर्जिल खानले ११२ रन बनाए, यता मोहम्मद सामी र शाहिद अफ्रिदीले चार–चार विकेट लिए ।

- टी–२० विश्वकप २०२१, भारत/यूएई
दुई खराब प्रदर्शनपछि पाकिस्तान २०२१ को संस्करणमा सेमिफाइनलमा पुग्यो । यस पटक, ‘मेन इन ग्रीन’ ले भारतसँग बदला लियो । विराट कोहलीको टोलीलाई १० विकेटको विशाल अन्तरले हराएर प्रतियोगिताको सुरुवात गर्न सफल भयो । पाँच जित र १० अङ्कका साथ, बाबर आजमको नेतृत्वको टोली समूह २ को अङ्क तालिकामा शीर्ष स्थानमा थियो । तर, पाकिस्तान दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भयो । बाबर ३०३ रनका साथ प्रतियोगिताका शीर्ष स्कोरर थिए, त्यस्तै स्पिन अलराउन्डर शादाब खान नौ विकेटका साथ पाकिस्तानका शीर्ष बलर थिए ।
- टी–२० विश्वकप २०२२, अस्ट्रेलिया
यो विश्वकपमा विराट कोहलीको उत्कृष्ट प्रदर्शनले पाकिस्तानलाई सकारात्मक सुरुवात गर्नबाट रोक्यो । भारतीय पूर्वकप्तानले एमसीजीमा ४ विकेटको जित दिलाए, तर त्यसले बाबर आजम र पाकिस्तानी टोलीको आत्मविश्वासलाई कमजोर गरेन, जसले २००९ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्ने सफल भयो । इंग्ल्यान्डविरुद्धको फाइनल खेलमा कमजोर ब्याटिङ प्रदर्शनले पाकिस्तानको दोस्रो उपाधि जित्ने आशामा धक्का दियो । शान मसूद र मोहम्मद रिजवानले १७५–१७५ रन बनाएर पाकिस्तानका शीर्ष स्कोरर बने, त्यस्तै शाहिन शाह अफ्रिदी र शादाब खानले ११–११ विकेट लिएर विकेट–टेकरको सूचीको पर्न सफल भए ।

- टी–२० विश्वकप २०२४ः १० वर्षपछि समूह चरणबाटै बाहिर
अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४’ मा पाकिस्तानको यात्रा निराशाजनक रह्यो । विगत १० वर्षमा पहिलोपटक टोली सुपर–८ मा समूह चरणबाटै बाहिरिएको थियो ।
यस विश्वकपमा नवप्रवेशी अमेरिकसँग सुपर ओभरमा बेहोरेको अप्रत्याशित हार र भारतसँग ६ रनको झिनो अन्तरको पराजय पाकिस्तानका लागि घातक बन्यो । क्यानडामाथि ७ विकेटको सान्त्वना जित निकाले पनि अघिल्लो चरण प्रवेशका लागि त्यो पर्याप्त भएन । कमजोर ब्याटिङ, कम रन–रेट र दबाबमा सम्हालिन नसक्दा पाकिस्तान प्रतियोगिताको सुरुवाती चरणबाटै बाहिरिन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण