उपेन्द्र यादव भन्छन्– अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो
सारांश
- उपेन्द्र यादवले पुरानो राज्यसत्ताले धेरै बेइमानी गरेको र अबको परिवर्तन नयाँ पुस्ताको भविष्यको लागि हुने बताए ।
- उनले संविधान संशोधन वा पुनर्लेखन गरेर नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए ।
- जसपा नेपालले जातीय पहिचानसहितको प्रदेश संरचना र संघीयतालाई व्यवहारमा उतार्न जोड दिने प्रतिबद्धता जनाएको छ।
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्ज्वल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचन सप्तरी क्षेत्र नं. ३ का उम्मेदवारको रूपमा चुनावी अभियानमा रहेका अध्यक्ष यादवले देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखन गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्ने बताएका हुन् ।
‘आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय । राजनीतिक अस्थिरता, कमजोर सङ्घीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ’, जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै उनले भनेका छन्, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन र पुनर्लेखन गरेर देशलाई निकास दिन पर्दछ ।’
राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको उनले बताए ।
सङ्घीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने भन्दै अध्यक्ष यादवले भने, ‘सङ्घीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो । अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण