सहिदका सपना पूरा गर्न विधिको शासन र सुशासन अपरिहार्य: रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपनाहरू सार्थक हुने बताएको छ। सहिद दिवसको अवसरमा शुक्रबार एक श्रद्धाञ्जली सन्देश जारी गर्दै रास्वपाले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन सहिद दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेको हो।
पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले जारी गरेको सन्देशमा सहिदहरूको बलिदान केवल राजनीतिक परिवर्तनका लागि मात्र नभई सुशासन, न्याय र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख छ। निरंकुश राणाशासनको अन्त्यदेखि विभिन्न राजनीतिक आन्दोलन र नागरिक अधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति पार्टीले गहिरो श्रद्धासुमन अर्पण गरेको छ। सहिदको बलिदानको वास्तविक सम्मान भनेकै राष्ट्रिय स्वाभिमान र जनअपेक्षाको उचित सम्बोधन गर्नु रहेको रास्वपाको ठहर छ।
यसै सन्दर्भमा उपसभापति अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई देशमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा व्याख्या गरेका छन्। रास्वपाले सहिदले देखाएको बाटोमा हिँड्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहने संकल्प समेत दोहोर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण