मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’को माग
काठमाडौँ । बजारमा बिक्रीवितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीकोे दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जनसमेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको छ ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एसोसिएसनले २०७९ सालदेखि बजारमा पाइने मञ्जनको गुणस्तरबारे जाँच गर्न र यसको बनावटबारेमा यथाशक्य छानबिन गर्न मन्त्रालय र औषधि व्यवस्था विभागमा धेरै पटक माग गर्दा समेत हालसम्म कुनै पनि मापदण्ड नबनेको बताउनुभयो ।
उहाँका अनुसार एकातिर दैनिक प्रयोग गरिने मञ्जनहरुको गुणस्तरका बारेमा राज्य अनभिज्ञ हुनु र अर्को तिर विभिन्न परिषद् र काउन्सिलमा दर्तावाल दन्त जनशक्तिको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिजन्य मञ्जनहरु खुला सुपर मार्केटमा बिक्री वितरण गरिनुले जनताको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गरिरहेको छ । उहाँले भन्नुभयो, “जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको उपस्थिति र चासोमा गम्भीर देखिएन ।”
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण