कोशीका राजनीतिक हस्ती, जो यसपटक छैनन् चुनावी मैदानमा
सारांश
- कोशी प्रदेशका प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री र मन्त्रीहरू यस पटकको निर्वाचनबाट बाहिरिएका छन्।
- विभिन्न जिल्लाहरूमा हेभीवेट उम्मेदवारहरूको अनुपस्थितिले नयाँ अनुहारहरूलाई अवसर मिलेको छ।
- कतिपय नेताहरू स्वेच्छिक रूपमा विश्राम लिएका छन् भने कतिपय पार्टीभित्रको आन्तरिक कारणले बाहिरिएका छन्।
विराटनगर । संसदीय अभ्यासमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका कोशी प्रदेशका धेरै प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पार्टीका शीर्ष पदाधिकारीहरू यस पटक चुनावी मैदानबाट बाहिरिएका छन् ।
कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायत दलका हेभीवेट उम्मेदवारहरूको अनुपस्थितिले यस पटकको निर्वाचनमा नयाँले अवसर पाएका छन् । कतिपय नेताहरूले स्वेच्छिक रूपमा विश्राम लिएका छन् भने कतिपय पार्टीभित्रको आन्तरिक समीकरण, टिकट वितरणको किचलोका कारण चुनावी दौडबाट बाहिरिन पुगे ।
ताप्लेजुङ र पाँचथर जस्ता पहाडी जिल्लामा यस पटक ठुला हस्ती छैनन् । ताप्लेजुङबाट एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई र पूर्वमन्त्री टंक आङ्बुहाङ जस्ता प्रभावशाली नेताहरू उम्मेदवारको सूचीमा परेनन् । भट्टराई जस्ता केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेताको अनुपस्थितिले स्थानीय कार्यकर्ताहरूमा समेत मिश्रित प्रतिक्रिया देखिएको छ । त्यस्तै, कांग्रेसका पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गाम पनि यस पटक प्रतिस्पर्धामा छैनन् ।
पाँचथरमा एमालेका पूर्वमन्त्री बसन्त नेम्वाङ र कांग्रेसका प्रभावशाली नेता भीष्मराज आङ्देम्बे चुनावी मैदान बाहिर रहनुले त्यहाँको राजनीतिक सन्तुलनमा फेरबदल ल्याएको छ । यी दुवै नेता आ–आफ्नो दलभित्र केन्द्रमा बलियो पकड राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन् ।
इलाम र झापाको अवस्था झनै रोचक छ । इलामबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार नबन्नुले राष्ट्रिय राजनीतिमा नै चर्चा पाएको छ । उनीसँगै कांग्रेसका पुराना नेताहरू डम्बरबहादुर खड्का र बेनुपराज प्रसाई, एमालेका पूर्व सांसद महेश बस्नेत र पूर्व प्रदेश सांसद धिरेन्द्र शर्मा पनि यस पटक उम्मेदवार छैनन् ।
झापामा त झन् नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अनुपस्थितिले धेरैलाई चकित बनाएको छ । झापाबाटै कांग्रेसका इन्द्र बुढाथोकी र डा. खगेन्द्र अधिकारी, एमालेका पूर्वमन्त्री अग्नि खरेल, दीपक कार्की र रविन कोइराला जस्ता स्थापित नेताहरू यस पटक चुनावी प्रतिस्पर्धामा छैनन् । नेकपाबाट पूर्णसिंह राजवंशी र पूर्वमन्त्री झलकसिंह दर्लामी जस्ता हस्तीहरू पनि मैदान बाहिर छन् ।
कतिपय नेताहरूले आफ्नो राजनीतिक छवि बचाउन वा पार्टीको आन्तरिक कलहका कारण उम्मेदवारी नदिएको विश्लेषण पनि भइरहेको छ । कारण जेसुकै भए पनि यी हस्तीहरूको अनुपस्थितिले कोशी प्रदेशको चुनावी नतिजालाई मात्र होइन, भोलिको संसदीय अभ्यास र राजनीतिक नेतृत्वमा समेत नयाँलाई अवसर प्राप्त भएको छ ।
संखुवासभा, तेह्रथुम र धनकुटाको चुनावी माहोलमा पनि पुराना अनुहारहरू गायब छन् । संखुवासभामा एमालेका पूर्व सांसद राजेन्द्र गौतम, पूर्वमन्त्री तुलसी न्यौपाने र पर्शुमेघी गुरुङ चुनावी प्रतिस्पर्धामा छैनन् भने कांग्रेसका तारामान गुरुङ पनि बाहिरै छन् । तेह्रथुममा कांग्रेसकी पूर्वमन्त्री सीता गुरुङ र एमालेका पूर्वमन्त्री भवानी खापुङ तथा विजय सुब्बा जस्ता बौद्धिक नेताहरूको अनुपस्थिति देखिएको छ । धनकुटामा माओवादी पृष्ठभूमिका स्वतन्त्र संविधानसभा सदस्य हेमराज भण्डारी पनि चुनावी मैदान बाहिरै छन् ।
भोजपुरमा पनि नेकपा संयुक्तका नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेत, एमालेका कृपासुर शेर्पा र कांग्रेसका उमेशजङ्ग रायमाझी जस्ता नेताहरू यस पटक मतदाताको घरदैलोमा उम्मेदवारका रूपमा देखिने छैनन् ।
कोशी प्रदेशको सबैभन्दा ठुलो राजनीतिक केन्द्र मोरङ र सुनसरीमा त प्रभावशाली नेताहरूको लामो ताँती नै चुनावी मैदान बाहिर छ । मोरङमा पूर्वउपप्रधानमन्त्री समेत रहेकी कांग्रेसकी सुजाता कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री दिलीप गच्छदार उम्मेदवार बनेनन् । एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित, ऋषिकेश पोखरेल र भुराज राई बाहिरिएका छन् । नेकपाबाट पनि सावित्रीकुमार काफ्ले, चन्द्र गुरुङ र नगेन्द्र धिमाल यस पटक मैदानमा छैनन् ।
सुनसरीमा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य, पूर्वसभामुख प्रदीपकुमार भण्डारी र मञ्जु भण्डारी उम्मेदवार बनेका छैनन् । सुनसरीकै कांग्रेस नेता सीताराम मेहता र मीन विश्वकर्मा, नेकपाका मुक्साहाङ मेन्याङ्बो र पूर्व उपसभामुख सरस्वती पोखरेल चुनावी मैदानमा छैनन् ।
हिमाली जिल्ला सोलुखुम्बुदेखि उदयपुरसम्म पनि उस्तै दृश्य छ । सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसी, एमालेका मानवीर राई र नेकपाका गोपाल किराती तथा हेमराज राई जस्ता नेताहरू उम्मेदवार छैनन् । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार, कांग्रेसका रामहरि खतिवडा र नेकपाका मोहनकुमार खड्का चुनावी मैदानमा छैनन् । खोटाङमा कांग्रेसका शिवकुमार बस्नेत, एमालेका विशाल भट्टराई र नेकपाका रामकुमार राई लगायत पूर्व सांसदहरूको एउटा ठुलो टोली नै यस पटक उम्मेदवार बनेन । उदयपुरमा कांग्रेसका पूर्वमन्त्री डा. नारायण खड्का र नेकपाका जगन्नाथ खतिवडा जस्ता वैचारिक नेताहरू पनि चुनावी मैदान भन्दा बाहिर छन् ।
यी सबै नेता कुनै समय नेपालको नीति निर्माण तहमा बसेर काम गरिसकेका र आ–आफ्नो क्षेत्रमा बलियो जनाधार भएका हुन् । कतिपय नेताहरूले आफ्नो राजनीतिक छवि बचाउन वा पार्टीको आन्तरिक कलहका कारण उम्मेदवारी नदिएको विश्लेषण पनि भइरहेको छ । कारण जेसुकै भए पनि यी हस्तीहरूको अनुपस्थितिले कोशी प्रदेशको चुनावी नतिजालाई मात्र होइन, भोलिको संसदीय अभ्यास र राजनीतिक नेतृत्वमा समेत नयाँलाई अवसर प्राप्त भएको छ ।
- को-को भए आउट ?
ताप्लेजुङ
- एमालेबाट पूर्वमन्त्री तथा पार्टीका उपमहासचिव योगेश भट्टराई, पूर्व मन्त्री टंक आङ्बुहाङ
- कांग्रेसबाट पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गाम
पाँचथर
- एमालेका पूर्वमन्त्री बसन्त नेम्वाङ
- कांग्रेसका संविधानसभा सदस्य भीष्मराज आङ्देम्बे
इलाम
- कांग्रेसबाट नेताहरु डम्बरबहादुर खड्का, बेनुपराज प्रसाई
- एमालेबाट पूर्व सांसद महेश बस्नेत
- नेकपाबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल
- प्रलोपामा गएका पूर्व प्रदेश सांसद धिरेद्र शर्मा
झापा
- कांग्रेसबाट उपसभापति विश्वप्रकाश शर्मा, नेताहरु इन्द्र बुढाथोकी, डा.खगेन्द्र अधिकारी
- एमालेबाट पूर्वमन्त्री अग्नि खरेल, संविधानसभा सदस्यहरु दीपक कार्की र रविन कोइरालालगायत ।
- नेकपाबाट संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, पूर्वमन्त्री झलकसिं दर्लामीलगायत ।
संखुवासभा
- एमालेबाट पूर्वसांसद राजेन्द्र्र गौतम, पूर्वमन्त्री तुलसी न्यौपाने, पूर्व सांसद पर्शुमेघी गुरुङ
- कांग्रेसबाट संविधानसभा सदस्य तारामान गुरुङ
तेह्रथुम
- कांग्रेसबाट पूर्वमन्त्री सीता गुरुङ
- एमालेका पूर्वमन्त्री भवानी खापुङ र संविधानसभा सदस्य विजय सुब्बा
धनकुटा
- कुनै बेलाका माओवादी नेता हालका स्वतन्त्र संविधानसभा सदस्य हेमराज भण्डारी
भोजपुर
- नेकपा संयुक्तका पूर्व सांसद घनेन्द्र बस्नेत, एमालेका नेता संविधानसभा सदस्य कृपाशुर शेर्पा
- कांग्रेसको उमेशजङ्ग रायमाझी
मोरङ
- एमालेबाट संविधानसभा सदस्य ऋषिकेश पोखरेल, पूर्वमन्त्री लालबाबु पण्डित, नेता भुराज राई र सत्यनारायण चौधरी
- कांग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजता कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री दिलिप गच्छदार र नेता बसन्त भट्टराई
- नेकपाबाट संविधानसभा सदस्यहरु सावित्री काफ्ले, चन्द्र गुरुङ, नगेन्द्र धिमाल, लालबहादुर सुस्लिङ र पूर्वमन्त्री विजय विश्वास ।
सुनसरी
- एमालेबाट पूर्वमन्त्री भीम आचार्य, कोशी प्रदेशका पूर्वसभामुख प्रदिपकुमार भण्डारी, नेतृ मञ्जु भण्डारी, पूर्व सांसद सर्वध्वज सावा र नेता जयकुमार राई
- कांग्रेस नेता तथा संविधानसभा सदस्य सिताराम मेहता, पूर्व सांसद मिन विश्वकर्मा
- नेकपाबाट मुक्साहाङ मेन्याङ्बो, कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेल, संविधानसभा सदस्य सन्तोष थारु, नेता शिवकुमार डाँगी, डम्बर सुवेदी, संविधासभा सदस्य किरण राई
सोलुखुम्बु
- कांग्रेसबाट पूर्व सांसद बलबहादुर केसी
- एमालेबाट पूर्वमन्त्री मानवीर राई
- नेकपाबाट पूर्वमन्त्री गोपाल किराती,
भोजपुर
- पूर्व सांसद हेमराज राई
ओखलढुंगा
- एमालेबाट संविधानसभा सदस्य यज्ञराज सुनुवार
- कांग्रेसबाट संविधानसभा सदस्य रामहरि खतिवडा
- नेकपाबाट पूर्व सासद मोहनकुमार खड्का
खोटाङ
- कांग्रेसबाट पूर्व सांसद शिवकुमार बस्नेत
- एमालेबाट पूर्व सांसद विशाल भट्टराई
- नेकपाबाट पूर्वमन्त्री रामकुमार राई, पूर्व सांसद टंक राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, संविधानसभा सदस्य समिता कार्की
उदयपुर
- कांग्रेसका पूर्वमन्त्री डा. नारायण खड्का
- नेकपा नेता जगन्नाथ खतिवडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण