सीमा आभासको उपन्यास महायुगमाथि मन्थन
काठमाडौँ । कवि तथा उपन्यासकार सीमा आभासको उपन्यास ‘महायुग’माथि मन्थन कार्यक्रम भएको छ । बाग्द्वार साहित्य समाज, बूढानीलकण्ठको आयोजनमा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सो कार्यक्रम भएको हो । अनिता कोइरालाले सहजीकरण गरेको कार्यक्रममा डा ज्ञानु अधिकारी र प्रगति राईले कृतिमाथि चर्चा गरेका थिए ।
कार्यक्रमका वक्ताद्वय अधिकारी र राईले स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिन्नका लागि महायुग पढ्नै पर्ने बताए । उनीहरूले उपन्यासमा महिलाभित्रको शक्ति र चेतनालाई उपन्यासमा कलात्मक स्वैरकल्पनाको माध्यमबाट समेत सुन्दर तवरले व्यक्त गरिएको बताए ।
कार्यक्रममा लेखक सीमा आभासले आफूले लेख्दा सोचेकोभन्दा पनि माथिबाट सोचेर पाठकको प्रतिक्रिया र माया पाउँदा छुट्टै खालको आनन्दको अनुभूति भएको बताइन् । आफूले कुनै लिङ्ग, समुदायको प्रतिरोध र निषेध गर्नका लागि नभई स्त्रीशक्ति, चेतना र विद्रोहलाई प्रतिबिम्बित गर्न यो उपन्यास लेखेको आभासको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण