बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वर्षा र चट्याङको अवरोधबिच वेस्ट इन्डिजको सान्त्वना जित, सिरिज दक्षिण अफ्रिकालाई

आइतबार, १८ माघ २०८२, ०९ : ५७
आइतबार, १८ माघ २०८२

सारांश

  • वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ६ रनले पराजित गर्यो, तर दक्षिण अफ्रिकाले सिरिज २-१ ले जित्यो।
  • खेलमा मौसमको गडबडीका कारण ओभर घटाइयो, वेस्ट इन्डिजका शिमरोन हेटमायरले ४८ रन बनाए।
  • दक्षिण अफ्रिकाले १२५ रनको लक्ष्य पछ्याउँदै ११४ रन मात्र बनाउन सक्यो, शमर जोसेफको उत्कृष्ट बलिङ रह्यो।

जोहानेसबर्ग । खराब मौसम र चट्याङको डरका कारण १० ओभरमा झारिएको सिरिजको अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ६ रनले पराजित गरेको छ। जोहानेसबर्गको वान्डरर्स स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले जित निकाले पनि सुरुवाती दुई खेल जितेको दक्षिण अफ्रिकाले सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ।

‘पिंक टी–२०’ अन्तर्गत स्तन क्यान्सर सचेतनाका लागि खेलिएको यस विशेष खेलमा प्रकृतिले पटक–पटक अवरोध पुर्‍याएको थियो। खेल सुरु हुनुअघि नै चट्याङ परेका कारण ७५ मिनेट ढिलो सुरु भएको खेल सुरुमा १६ ओभरको तय गरिएको थियो।

वेस्ट इन्डिजले ६ ओभर ब्याटिङ गरिसकेपछि पुनः मौसम बिग्रिएपछि खेललाई १० ओभरमा छोट्याइएको थियो। वेस्ट इन्डिजले १० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाए पनि डकवर्थ–लुइस नियमका आधारमा दक्षिण अफ्रिकाले १० ओभरमा १२५ रनको संशोधित लक्ष्य पायो।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै २२ बलमा ६ छक्काको मद्दतले अविजित ४८ रन बनाए। उनी मैदानमा हेलमेट वा टोपी विना नै ब्याटिङ गर्न उत्रिएका थिए। यस्तै शाई होपले १८ बलमा ३२ रनको योगदान दिए।

१२५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १० ओभरमा ५ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। ओपनर क्विन्टन डी ककले पहिलो ओभरमै १९ रन जोडेर आक्रामक सुरुवात दिलाए पनि उनी २३ रनमा आउट भए।

मध्यक्रममा रायन रिक्सल्टन र डेवाल्ड ब्रेभिसले ठूला सट प्रहार गर्ने प्रयास गरे पनि स्पिनर गुडाकेश मोतीले एकै ओभरमा दुवैलाई आउट गर्दै खेल वेस्ट इन्डिजको पकडमा ल्याए। अन्तिम दुई ओभरमा जितका लागि २७ रन चाहिएको अवस्थामा ट्रिस्टन स्टब्सले केही आशा जगाएका थिए।

अन्तिम ओभरमा १५ रन आवश्यक हुँदा डेब्यु गरिरहेका तीव्र बलर शमर जोसेफले सटिक योर्कर फाल्दै वेस्ट इन्डिजको जित सुनिश्चित गरे। उनले जेसन स्मिथको स्टम्प उखेल्दै दक्षिण अफ्रिकालाई दबाबमा राखे।

अन्तिम बलमा ८ रन चाहिएको बेला कोर्बिन बसले मात्र एक रन लिन सके। सट प्रहार गर्ने क्रममा बसको ब्याट नै भाँचिएको थियो भने हतारमा क्रिज छुन बिर्सिँदा टोलीले ‘सर्ट रन’को समेत सामना गर्नुपर्‍यो। 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप