बलुचिस्तानमा ९२ विद्रोही मारिएको पाकिस्तानी सेनाको दाबी
सारांश
- बलुचिस्तानमा विद्रोही र सेनाबीचको भिडन्तमा ९२ विद्रोही, १५ सुरक्षाकर्मी र १८ सर्वसाधारणको मृत्यु भएको छ।
- पाकिस्तानी सेनाले भारतलाई आक्रमणमा समर्थन गरेको आरोप लगाएको छ, जसलाई भारतले अस्वीकार गरेको छ।
- बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको छ र प्रधानमन्त्रीले आतंकवाद उन्मूलन नभएसम्म युद्ध जारी रहने बताएका छन्।
इस्लामाबाद । शनिबार दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा भएको समन्वित आक्रमणपछि सुरु गरिएको क्लियरन्स अपरेसनमा कम्तीमा ९२ विद्रोही मारिएको पाकिस्तानी सेनाले भनेको छ । सेनाका अनुसार भिडन्तमा १५ सुरक्षा अधिकारी र १८ सर्वसाधारण समेत मारिएका छन् ।
यी आक्रमणमा भारतको समर्थन रहेको आरोप पाकिस्तान सरकारले लगाएको छ । तर यो आरोपलाई भारतले पटक–पटक अस्वीकार गर्दै आएको छ ।
आक्रमणको जिम्मा बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)ले लिएको थियो । उसले दर्जनौँ सैनिक मारिएको दाबी गरेको छ । तर दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
विद्रोहीले क्वेटा र आसपासका सहरमा नागरिक क्षेत्र, प्रहरी तथा अर्धसैनिक केन्द्र, जेल र सरकारी भवनलाई लक्षित गरी आक्रमण गरेको सेनाले बताएको छ । सुरक्षा कारबाहीका क्रममा क्वेटाका मुख्य प्रशासनिक भवन वरपरका सडक बन्द गरिएका थिए, मोबाइल सेवा अवरुद्ध गरिएको थियो र रेल सेवा अस्थायी रूपमा रोकिएको थियो ।
आतंकवाद पूर्ण रूपमा उन्मूलन नभएसम्म युद्ध जारी रहने प्रधानमन्त्री शहबाज शरीफले सेनाको प्रशंसा गर्दै भनेका छन् । बलुचिस्तानमा १९४८ देखि नै सङ्घीय सरकारविरुद्ध सशस्त्र विद्रोह चलिरहेको छ ।
इस्लामाबादले स्थानीय जनतालाई फाइदा नदिई खनिज स्रोत दोहन गरेको आरोप बीएलएले लगाइरहेको छ । यस क्षेत्रमा सरकारले जबर्जस्ती बेपत्ता पारेको आरोप मानवअधिकारकर्मीहरूको छ ।
यी आरोपको सरकारले अस्वीकार गर्दै आएको छ । पाकिस्तानको ४४ प्रतिशत भूभाग ओगटेको यो प्रान्त प्राकृतिक ग्यास र खनिजमा धनी मानिन्छ । तर यहाँ देशको कूल जनसङ्ख्याको करिब ५ प्रति मात्र बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण