दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय
सारांश
- नेकपा एमालेले दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय सञ्चालन सुरु गर्यो।
- पार्टीका कार्यकर्ता मतदाताको घर घरमा गएर एमालेलाई मतदान गर्न आग्रह गर्नेछन्।
- निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए अनुसार, सम्पूर्ण गतिविधि अघि बढाइनेछ।
दमक । झापामा आजदेखि नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडास्तरीय कार्यालय सञ्चालन सुरु गरेकाे छ । अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घर घर जाने र एमालेमा मतदान गर्न सम्झाउने एमालेले जनाएको छ ।
यसअघि नै एमालेले भेला समेत आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गर्न प्रचार सुरु गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।
दमक नगरपालिकाभित्र रहेका सबै वडामा निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि अघि बढाइने संयोजक दाहालले जानकारी दिए । सबै वडामा कार्यालय स्थापना गरिएको र आजदेखि औपचारिक रूपमा सञ्चालन सुरु गरिएको उनले बताए ।
पार्टीका वडा कमिटी संयोजकसहित प्रत्येक वडा अन्तर्गत भूगोलमा रहने पार्टी केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटी समेतका पदाधिकारी तथा सदस्यहरू रहने गरी जिम्मेवारी तोकिएको छ ।
यसैगरी सम्बन्धित वडामा रहने जनसङ्गठनका सबै पदाधिकारी तथा सदस्यहरू, अगुवा पार्टीका कार्यकर्ता र विज्ञ समेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिनेछ ।
कार्यालयमार्फत दैनिक पार्टीका कार्यक्रम घरदैलो वडा अन्तर्गत रहेका टोल कमिटीलाई समेत सहजीकरण गरिनेछ । यसअघि वडा स्तरमा कम्तीमा १५१ सदस्यीय र बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन समेत गठन गरिएको छ ।
वडामा स्थापना गरिएका कार्यालय अन्तर्गत योजना तर्जुमा तयार गर्ने, त्यस क्षेत्रमा हुने पार्टीका सम्पूर्ण गतिविधिको व्यवस्थापन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण