काभा भलिबल खेल्न माल्दिभ्स जाने प्रहरीको टोलीलाई महानिरीक्षक कार्कीद्वारा बिदाइ
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिपका लागि टोलीलाई बिदाइ गरे।
- नेपाल प्रहरीको महिला भलिबल टोलीले माघ २१ देखि २७ गतेसम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
- प्रहरी महानिरीक्षक कार्कीले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गरी देशको प्रतिष्ठा बढाउन आग्रह गरे।
काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा आयोजना हुने 'काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६' मा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहका बीच महानिरीक्षक कार्कीले १४ खेलाडी र ४ अफिसियलसहितको टोलीलाई बिदाइ गरेका हुन्।
माघ २१ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछ। बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले यो टोलीले प्रहरी संगठनको मात्र नभई सिंगो राष्ट्र र नेपालीको प्रतिनिधित्व गरेको बताए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रियस्तरमा देश र संगठनको प्रतिष्ठा बढाउन खेलाडी तथा प्रशिक्षकहरूलाई आग्रह समेत गरे।
बिदाइ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू र वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। उच्च मनोबलका साथ माल्दिभ्स प्रस्थान गर्न लागेको यो टोलीबाट नेपालले पदकको आशा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण