बालेनले भने– दिनेश सिटौलाको अभाव सधैँ खड्किनेछ
आइतबार, १८ माघ २०८२, २० : २९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले पत्रकार दिनेश सिटौलाको निधनप्रति दुख व्यक्त गरे।
- चलचित्र पत्रकार सिटौलाको आइतबार ब्रेन ह्यामरेजका कारण निधन भयो, र उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।
- बालेन शाहले सिटौलालाई नेपाली फिल्मको अभिभावक र हितैषी मित्रको रूपमा सम्झिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । बालेनले लेखेका छन्,'अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र ।तपाईंको अभाव सधैँ खड्किनेछ ।'
अछाममा बालेनको चुनावी प्रचारका क्रममा उनी बेहोस भएका थिए ।
उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हाे । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि समेत गरिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण