निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय र सानोठिमीस्थित बाल सुधार गृहको आइतबार अवलोकन गरेका छन्।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन यहाँ आउनुभएका उहाँले भक्तपुरको दरबारस्क्वायरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र मध्यपुरथिमि सिन्टीटारस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा सञ्चालन गरिएको भक्तपर क्षेत्र नं २ को निर्वाचन कार्यालयको निरीक्षण गरेका हुन् ।
मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धिसम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयनमा ध्यान दिन निर्देशन दिए । उनले प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई स्थानीय जनप्रतिनिधिलगायत सबैसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिए ।
मुख्य निर्वाचन अधिकृतसँगको छलफलमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको भन्दै आवश्यक समन्वय र सहजीकरणको लागि गृह मन्त्रालय तयार रहेको बताए।
मन्त्री अर्याललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतले यहाँको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे जानकारी गराएका थिए। गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली यहाँ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण