'निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरणको बाटोमा लैजानुपर्छ'
काठमाडौँ । नेपाल आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको संघारमा छ । राजनीतिक दलहरूले आफ्ना चुनावी एजेण्डा कोरेर मैदानमा उत्रिन थालेका छन्, जसलाई व्यवसायीहरूले सकारात्मक रूपमा हेरेका छन् । तर विगतका अनुभवहरूले उनीहरूलाई शतर्क बनाएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले धेरै राजनीतिक दलले चुनावमा सहभागिता जनाउनु, आ–आफ्ना एजेन्डाहरू लैजानु स्वभाविक भएपनि विगत ३६ वर्षदेखि राजनीतिक दलहरूले चुनावी एजेण्डालाई जितेपछि बिर्सने गरेको बताए ।
नेताहरू चुनावपछि खासगरी परिवारवादमा रमाउने र महत्त्वपूर्ण समयलाई खेर फालेको उनको बुझाइ छ ।
अध्यक्ष कटुवालले भने, ‘चुनावका बेला नेताहरू जनतामाझ जाँदै गर्दा झुटा आश्वासन बाँड्न हुँदैन । केके गर्न सकिन्छ, सम्भावना के छ अध्ययन गरेर मात्रै राख्नुपर्छ । जनतादेखि उद्योगी व्यवसायीलाई नेताहरूले झुटा आश्वासन बाँड्न बन्द गर्नुपर्छ ।’
कृषि, साना तथा मझौला उद्योगहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष कटुवालले कृषि, साना, मझौला, औद्योगिक क्षेत्रहरूलाई अब बन्ने सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनका अनुसार आउने सरकारले देशभरका पालिकाहरूमा औद्योगिक ग्रामहरू स्थापना गरेर औद्योगिक वातावरण तयार गर्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य गरेर जनतालाई चाहिएअनुसारको रोजगारी दिने नीति राजनीतिक दलहरूले लिनुपर्छ । अब सरकारमा नयाँ, पुराना जुनसुकै दलहरू आएपनि मुलुकले आमुल परिवर्तन खोजेको छ ।
आगामी चुनाव र दलहरुको घोषणापत्रको सन्दर्भमा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष दिलिपकुमार अग्रवालले पनि निर्वाचनपछि बन्ने सरकारबाट स्थायित्व र व्यवसायीमैत्री नीतिको अपेक्षा गरे। अध्यक्ष अग्रवालकाअनुसार आगामी फागुन २१ मा चुनावपछि देशमा स्थायी सरकार बन्नुपर्छ । ५ वर्षका लागि स्थायी सरकार बनेपछि व्यवसायीका मुद्दाहरू सम्बोधन हुनेमा आशा राख्न सकिन्छ । राजनीतिक दलहरूका घोषणा पत्र र सरकारले लिने नीतिहरू सबैका लागि फलदायी किसिमका हुनुपर्ने अग्रवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण