कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित
कास्की । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप उपचारका लागि हिमालय आँखा अस्पताल ‘रिफर’ गरिएको थियो । शिविरको जिल्ला अदालत कास्कीका प्रमुख न्यायधीश हिमलाल वेलबासेले शुभारम्भ गरेका थिए ।
अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुभाष नेपालले शिविरमा उच्च अदालत र जिल्ला अदालतमा सेवारत र नेपाल बार कास्कीमा आवद्ध व्यक्तिले आँखा जाँच गराएका थिए । अस्पतालले विभिन्न साझेदारसँगका सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराकासाथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण