वन मन्त्रालयद्वारा सुधारका क्रियाकलाप सार्वजनिक
सारांश
- वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२ का लागि ३४ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
- यस कार्ययोजनाले सरकारी भवनमा स्वदेशी काठ प्रयोगलाई अनिवार्य गर्ने र प्लास्टिकको बोतलको प्रयोग निरुत्साहित गर्नेछ।
- मन्त्रालयले कार्बन व्यापारलाई प्राथमिकता दिँदै रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ।
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्ष २०८२ का लागि ३४ बुँदे ‘सिघ्र सुधारका क्रियाकलाप’ सार्वजनिक गरेको छ । साेमबार मन्त्रालयले सुधारका क्रियाकलाप सार्वजनिक गरेको हाे ।
जसले देशको वन, वातावरण र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण परिवर्तन ल्याउने लक्ष्य लिइएको छ । सार्वजनिक सुधारका क्रियाकलापअनुसार अब सरकारी (सङ्घ, प्रदेश र स्थानीय) भवनहरूको निर्माणमा स्वदेशी काठको प्रयोग अनिवार्य गरिने भएको छ । यसले वन स्रोतको दिगो उपयोग र राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने मन्त्रालयले जनाएको छ ।
वातावरणीय सुधारतर्फ, सिंहदरबार परिसर र केन्द्रीय कार्यालयहरूमा प्लास्टिकको बोतलको प्रयोगलाई निरुत्साहित गरिनेछ भने वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डहरू स्वीकृत गरिनेछन् ।
जलवायु परिवर्तन र आर्थिक लाभका लागि मन्त्रालयले कार्बन व्यापारलाई उच्च प्राथमिकता दिएको छ । कार्ययोजनामा वन क्षेत्रको कार्बन विक्रीका लागि इमर्जेन्टसँग उत्सर्जन कटौती खरिद सम्झौता गर्ने र तेस्रो राष्ट्रिय निर्धारित योगदानको कार्यान्वयन कार्य योजना स्वीकृत गर्ने उल्लेख छ ।
साथै, मन्त्रालयले सिंहदरबार परिसरमा प्लास्टिकको बोतलको प्रयोगलाई निरुत्साहित गरिने र दक्षिण कोरिया सरकारसँग कार्बन व्यापारसम्बन्धी सम्झौता गर्ने तयारी गरेको छ । वन डढेलो नियन्त्रणका लागि कार्य योजना स्वीकृत गर्नुका साथै डढेलो निभाउन खटिने उपभोक्ताका लागि सामूहिक दुर्घटना तथा जीवन बीमाको व्यवस्था गरिने कार्य योजनामा उल्लेख छ ।
त्यस्तै रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी समेत मन्त्रालयले गरेको छ । जसबाट बालीनालीको क्षति कम गर्न सहयोग पुग्ने विश्वास समेत कार्य योजनामा उल्लेख छ ।
त्यस्तै मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित मृतक र घाइतेहरूलाई राहत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्ने र फेवा संरक्षित जलाधार क्षेत्रको कार्य योजना स्वीकृत गर्ने विषय पनि प्राथमिकतामा परेका छन् ।
जडीबुटी क्षेत्रको प्रवर्द्धनका लागि प्रयोगशालामा परीक्षणको सुरुवात गर्ने र अनुसन्धान तथा अध्ययन अनुमतिका लागि एकद्वार प्रणाली लागू गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण