बाजुराका १८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने
बाजुरा– बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभरका एक हजार ८०६ जना किशोरीलाई यो खोप लगाउने तयारी पूरा भएको छ ।
यही माघ २७ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने यस अभियानमा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेटिने छ । स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लाका कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइने लक्ष्य राखिएको छ ।
विद्यालय बाहिर रहेका किशोरीहरुमध्ये बुढीगङ्गामा १६, बडीमालिकामा ६ र त्रिवेणी नगरपालिकामा एक जना रहेका छन् । गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई यो खोप लगाइएको थियो । यस वर्षदेखि भने यसलाई सरकारले नियमित खोप तालिकामा समावेश गरेको छ ।
खोप केन्द्र र समयतालिका
जिल्लाका नौवटै स्थानीय तहमा विद्यालयमै खोप केन्द्र स्थापना गरिने छ । विद्यालय जान नपाएका किशोरीका लागि नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
- माघ २७ गते: गौमुल गाउँपालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका ।
- माघ २८ गतेदेखि: स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिका ।
- माघ २९ गतेदेखि: हिमाली गाउँपालिका ।
किशोरी अवस्थामा दिइने यो खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । गत वर्ष बाजुरामा ९८ प्रतिशत किशोरीले यो खोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण